काठमाडौं, झापाको हल्दिबारी गाउँपालिका–४ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ७६ वर्षीय भिमप्रसाद भट्टराई छन् ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, आफ्नो घरदेखि ४ किलोमिटर दक्षिणमा रहेको चौकी बिराम सामुदायिक वनमा घाँस काटेर फर्किने क्रममा उनलाई हात्तीले आक्रमण गरेको थियो ।
बिहीबार अपराह्न १० बजेतिर उनलाई स्थानीय मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । अपराह्न ४ः४० बजेतिर उनको शव भेटिएको हो ।झापाका एसपी मिलन केसीका अनुसार, घाँस काट्न गएका उनी हराएपछि स्थानीयले खोजतलास थालेका थियो । त्यसक्रममा अपराह्न हात्तीको आक्रमणबाट मृत्यु भएको अवस्थामा शव भेटिएको उनले अनलाइखबरलाई बताए ।
शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको उनले बताएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-28
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
