काठमाडौं । शिवरात्रीलाई लक्षित गरेर काठमाडौंमा ३५ सय बढी प्रहरी परिचालन भएका छन् ।
महााशिवरात्रिमा हुनेसक्ने आपराधिक घटनालाई लक्षित गरेर जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराको कमाण्डमा ३५ सय ११ प्रहरी परिचालन गरिएको हो । सोमबार रातिबाटै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले विशेष सुरक्षा योजना बनाएर लागू गरेको रानिपोखरीका एआईजी टेकबहादुर तामाङले जानकारी दिए ।
उनका अनुसार एसपी बोहोराको कमाण्डमा तीन सिफ्टमा गरेर ३५ सय ११ प्रहरी परिचालन हुनेछन् । जसमाा कमाण्डमा पोस्टमा परिसरबाट ३१ पुरुष र रानिपोखरीबाट १० महिला गरी ४१ जना प्रहरी रहेनछन् ।
सब कमाण्ड पोस्टमा भने १३३ जना प्रहरी रहनेछन् । पशुपति क्षेत्रको सुरक्षाका लागि तीन सिफ्टमा प्रहरी परिचालन हुने भएका छन् । एक सिफ्टमा १ हजार २४ प्रहरी खटिनेछन् ।
कमाण्ड पोस्टमा ४१, सब कमाण्ड पोस्टमा १३३, सादा पोशाक ४०, फोटो ग्राफर ६, सञ्चारका १०, रिजर्भ फोर्स १३५, स्ट्राइकिङ १३५, मोबाइल गस्ती १४ र १ हजार २४ का दरले तीन सिफ्ट मागरेर ३ हजार ७२ गरी कुल ३ हजार ५११ प्रहरी परिचालन हुनेछन् ।
यसरी खटिनेमध्ये परिसरबाट १ हजार ११४ पुरुष र महिला १५३ गरी १ हजार ३०७ जना प्रहरी खटिनेछन् । रानिपोखरीबाट १ हजार ४३२ पुरुष प्रहरी र ७७२ महिला गरी २ हजार २०४ प्रहरी परिचालन हुनेछन् । यो बाहेक ट्राफिक प्रहरी पनि छुट्टै परिचालन हुनेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-25
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
