
काठमाडौं । शिवरात्रीलाई लक्षित गरेर काठमाडौंमा ३५ सय बढी प्रहरी परिचालन भएका छन् ।
महााशिवरात्रिमा हुनेसक्ने आपराधिक घटनालाई लक्षित गरेर जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराको कमाण्डमा ३५ सय ११ प्रहरी परिचालन गरिएको हो । सोमबार रातिबाटै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले विशेष सुरक्षा योजना बनाएर लागू गरेको रानिपोखरीका एआईजी टेकबहादुर तामाङले जानकारी दिए ।
उनका अनुसार एसपी बोहोराको कमाण्डमा तीन सिफ्टमा गरेर ३५ सय ११ प्रहरी परिचालन हुनेछन् । जसमाा कमाण्डमा पोस्टमा परिसरबाट ३१ पुरुष र रानिपोखरीबाट १० महिला गरी ४१ जना प्रहरी रहेनछन् ।
सब कमाण्ड पोस्टमा भने १३३ जना प्रहरी रहनेछन् । पशुपति क्षेत्रको सुरक्षाका लागि तीन सिफ्टमा प्रहरी परिचालन हुने भएका छन् । एक सिफ्टमा १ हजार २४ प्रहरी खटिनेछन् ।
कमाण्ड पोस्टमा ४१, सब कमाण्ड पोस्टमा १३३, सादा पोशाक ४०, फोटो ग्राफर ६, सञ्चारका १०, रिजर्भ फोर्स १३५, स्ट्राइकिङ १३५, मोबाइल गस्ती १४ र १ हजार २४ का दरले तीन सिफ्ट मागरेर ३ हजार ७२ गरी कुल ३ हजार ५११ प्रहरी परिचालन हुनेछन् ।
यसरी खटिनेमध्ये परिसरबाट १ हजार ११४ पुरुष र महिला १५३ गरी १ हजार ३०७ जना प्रहरी खटिनेछन् । रानिपोखरीबाट १ हजार ४३२ पुरुष प्रहरी र ७७२ महिला गरी २ हजार २०४ प्रहरी परिचालन हुनेछन् । यो बाहेक ट्राफिक प्रहरी पनि छुट्टै परिचालन हुनेछ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १३ फाल्गुन २०८१, मंगलवार १४:१६
काठमाडौँ उपत्यकामा हावाहुरीसहित हल्का वर्षा

नेक्स मोडल एजेन्सीका सन्चालक रवि धमलाको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन

शब्दयात्रा प्रकाशनले माधव वियोगीलाई कविताकाव्य सम्मान समर्पण गर्ने

राजावादीहरूको चहलपहलमा देश बाहिरको पनि चलखेल छ: प्रचण्ड

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् ११ कार्यसूची

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु,दुई जना घाइते
