
काठमाडौं । काभ्रेको धुलिखेलमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । काठमाडौंबाट ओखलढुङ्गाका लागि हिँडेको अरनिको यातायातको प्रदेश ३००१–००५ ख ९९४२ नम्बरको बस आज बिहान धुलिखेल नगरपालिका – १० सारादा बतासेमा दुर्घटना भएको हो ।
२४ जना यात्रु सवार बस सडकको नालीमा पल्टिएर दुर्घटना हुँदा चालक र सह – चालकसहित १७ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट काभ्रेभञ्ज्याङका सहायक हवलदार रुद्र लामिछानेले जानकारी दिए ।
Sudina Shrestha
प्रकाशित: १३ फाल्गुन २०८१, मंगलवार १२:३५
बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार छ- अर्थमन्त्री पौडेल

नेप्सेमा ३४ अंकको वृद्धि, ९ अर्बको कारोबार

कुलिङ पिरियड हेरफेरको छानबिन संसदीय समितिबाट गर्न सभामुखलाई सिफारिश गर्ने निर्णय

पर्यटन मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित छ- मन्त्री पाण्डे

हैजा निवारण योजना २०८२-२०८७ सम्बन्धी सरोकारवालाहरुसँगको छलफल सम्पन्न

पर्साबाट स्रोत नखुलेको नगद २८ लाख २७ हजारसहित तीन जना पक्राउ