
कास्की, बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । सोमबार साँझ ६ बजे बागलुङको बडीगाड गाउँपालिका-९ दर्लिङस्थित भित्री सडकखण्डमा लु ३ च ५५६९ नं. को पिकअप भ्यान उकोलोमा ब्रेक फेल भई दुर्घनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी विजय यादवले बताए ।
उनका अनुसार मृत्यु हुनेमा निसीखोला गाउँपालिका वडा नम्बर-७ चोलाङ निवासी ७५ वर्षीय खड्कबहादुर कुँवर र ढोरपाटन नगरपालिका वडा नम्बर ५ नाथुरे बस्ने ३५ वर्षीय जुना कँडेल रहेका छन् ।
यस्तै जीप दुर्घटनाबाट घाइते हुनेमा बागलुङको बडिगाड गाउँपालिका-९ बस्ने ६३ वर्षीया तेज कुमारी बुढा, बडिगाड-९ खहरे बस्ने ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया यम कुमारी पौडेल, बडिगाड-९ खहरे बस्ने ३० वर्षीया सिता पौडेल र बडिगाड-९ खहरे बस्ने हिमाल घर्ती मगर (चालक) रहेका छन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १२ फाल्गुन २०८१, सोमबार २२:१४
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
