
काठमाडौं । ठमेलमा प्रहरी कुट्ने विद्यार्थी नेताविरुद्ध मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीसहित ६ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।
जोशीसँगै गोपालबहादुर शाही, रमेशकुमार फुलारा, नवीनसिंह ऐर, दिनेश सिग्देल र सौजन्य शाहीलाई प्रतिवादी बनाइएको छ । उनीहरु मध्ये सौजन्य भने फरार छन् । सौजन्यलाई सरकारी वकिल कार्यालयले प्रतिवादी बनाउँदै अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता गरेको हो । अखिल नेता जोशी, दिनेश सिग्देल, गोपालबहादुर शाही भने पटके कसुरदार हुन् ।
यो समूहले २४ माघको राति दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएका प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्टलाई कुटपिट गरेको थियो । मध्यराति हो–हल्ला गर्दै हिँडेपछि प्रहरीले उनीहरूलाई सम्झाउन खोजेको थियो । तर, मोटरसाइकलमा सवार दुई प्रहरीको मोटरसाइकल लडाउँदै लौरो समेत फालिदिएर कुटपिट भएको थियो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १२ फाल्गुन २०८१, सोमबार १३:११
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
