काठमाडौं । ब्यारेकमै आत्महत्या गरेकी सशस्त्र प्रहरी बलकी इन्सपेक्टर सन्तोषी महतको घटना अनुसन्धान गर्न छानविन समिति गठन भएको छ । इन्सपेक्टर बेसिकको तालिम गर्दै आएकी सिन्धुपाल्चोककी २९ वर्षीया महत शनिबार पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकमा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
यस घटनाको अनुसन्धान गर्न राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । डीआईजी सिंहको नेतृत्वका ५ सदस्यीय छानबिन समिति गठन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेले जानकारी दिए ।
सिन्धुपाल्चोक घर भएकी महत १७ बेसिक (२०८१) कि इन्स्पेक्टर हुन् । २०७२ सालमा सशस्त्रकै सिपाहीमा भर्ना भएकी उनले २०७८ सालमा असईमा नाम निकालेकी थिइन् । त्यसपछि अहिले २०८१ सालमा इन्स्पेक्टरमा नाम निकालेर तालिम गरिरहेकी थिइन् । उनको शव पोस्टमार्टमको लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-24
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
