
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान भएको छ । खुल्ला प्रतिस्पर्धाबाट सीईओ नियुक्तिका लागि दरखास्त आह्वान गरिएको हो ।
गठित सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गरी धितोपत्र बजार सञ्चालन नियमावली २०६४ को नियम १६ को क. बमोजिम योग्यता पुगेका उम्मेदवारले दरखास्त दिन सक्ने छन् ।
उम्मेदवार बन्न अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर वा चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने छ ।
साथै, पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तिमा ७ वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभवसहित कम्तिमा १५ वर्षको कार्य अनुभव भएको हुनुपर्ने छ ।
योग्यता पुगेका उम्मेदवारले आवेदनसाथ दुईप्रति पासपोर्ट साइजको फोटो र चारप्रति व्यावसायिक कार्ययोजना पेस गर्नु पर्नेछ ।
आवेदन दस्तुर ७ हजार ५०० रुपैयाँ लाग्ने छ । राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखामा आवेदन दस्तुर बुझाएको सक्कल भौचर आवेदनसाथ संलग्न गर्नुपर्ने छ ।
प्रमुख कार्यकारी अधिकृतले पाउने मासिक पारिश्रमिक, भत्ता तथा अन्य सुविधा नेपाल सरकारको स्वीकृतिमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडले तोकेबमोजिम हुने छ ।
अर्थ मन्त्रालयले नेप्सेको कार्यकारी अधिकृत नियुक्ति गर्ने प्रयोजनार्थ सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा डा। खोमराज खरेल छन् । कृष्णबहादुर कार्कीको कार्यकाल सकिएसँगै माघ २५ गतेदेखि नेप्से सीईओविहीन छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १२ फाल्गुन २०८१, सोमबार ०८:३६
ललितपुर महानगरले वडा कार्यालयमाथि नै चलायो डोजर

ठमेलमा प्रहरी कुट्ने अखिल नेतासहित ६ जनाविरुद्ध मुद्दा दर्ता

रिंकु मृत्यु प्रकरणमा आठ जना नियन्त्रणमा

इन्स्पेक्टर महत आत्महत्या घटना छानबिन गर्न समिति गठन

महिला च्याम्पियनसिपः नेपाल र म्यानमारको खेल बराबरीमा सकियो

पद छोड्न तयार युक्रेनका राष्ट्रपति जेलेन्स्की
