काठमाडौं । नेकपा माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रीत तराई–मधेस जागरण अभियान आजदेखि गर्दैछ । माओवादीले झापाको कचनकबलबाट जागरण अभियानको सुरू गर्ने भएको हो ।
अभियानमा जनसभा, चोकसभा, अन्तरक्रिया, जनभेटघाटलगायत कार्यक्रम हुने माओवादीले जनाएको छ । अभियानको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्दैछन् ।
माओवादीका अनुसार अभियान टोलीमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उपमहासचिवका साथै सांस्कृतिक टोली रहनेछन् । सम्बन्धित प्रदेशक, जिल्लाका पार्टीका नेता, जनवर्गीय संगठनका नेताहरू पनि रहनेछन् ।
कोशी प्रदेशमा झापा, मोरङ, सुनसरीमा कार्यक्रम हुनेछ । मधेसमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सामा नै कार्यक्रम हुनेछ । बागमती चितवन, गण्डकीमा नवलपुर, लुम्बिनीमा नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँकेमा कार्यक्रम हुनेछ । सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुरमा कार्यक्रम गरिने माओवादी केन्द्रले जनाएको छ ।
अभियानमार्फत माओवादी केन्द्रले मुलुकको राष्ट्रिय राजनीतिक परिस्थिति र पार्टीको नीति कार्यक्रमलाई जनस्तरसम्म पु¥याउने, पार्टीलाई जनतासँग जीवन्त रूपमा जोड्ने, पार्टी संगठनलाई स्थानीयस्तरसम्म विस्तार गर्ने, जनताबाट सुझावहरू संकलन गर्ने, जनता र पार्टी नेतृत्वबीच सम्बन्ध विस्तार गर्ने लगायतका उद्धेश्य राखेको छ ।
गत पुसको २१ गतेदेखि २३ गतेसम्म बसेको केन्द्रीय समिती बैठकले अभियानको थालनी गर्ने निर्णय गरेको थियो । जागरण अभियान चैत ७ गते कञ्चनपुर पुगेर सकिनेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-24
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
