काठमाडौं । लेखक तथा प्रथम महिला राधिका शाक्यले प्रधानमन्त्री ओलीजस्तो मेहनति मान्छे संसारमै नभएको बताएकी छन् । शनिबार काठमाडौंमा आयोजित आफ्नो आत्मकथा ‘करुणा’ लोकार्पण समारोहमा उनले सो कुरा बताएकी हुन् ।
‘मेरो परिभाषामा त उहाँजस्तो सक्रिय मान्छे नेपालमा मात्र होइन विश्वमा पनि छैनन् होला । उहाँको जीवनको आधाआधी समय एकदम नजिक बसेर, उहाँका सम्पूर्ण गतिविधि हेर्दै आएको साथी हुँ नि १ मैले जति त उहाँलाई कसले बुझेको होला र भन्ने मलाई लाग्छ,’ उनले भनिन् ।
उनले देशका लागि रातभरसमेत सक्रिय रूपमा खट्ने मान्छेका बारेमा अनेक अफवाह र नकारात्मक टिप्पणी गरिएकामा दुःख लाग्ने बताइन् । उनले होच्याउन पाइयो भन्दैमा असत्य हिसाबले होच्याउन नहुने धारणा राखिन् ।
आफूले नेपाल राष्ट्र बैंकमा ३३ वर्ष जागिर खाएर बालकोटमा घर जोडेको उनले बताइन् । अहिले पनि पेन्सनबाट खर्च चलाएको स्मरण गराउँदै उनले बालकोटको घरलाई दरबार भनेर प्रचार गर्नेहरूसँग दुःखेसो पोखेकी छन् ।
‘हाम्रो जीवनशैली समान्य नै हो। दुस्खी, गरिब र असहायहरूलाई सहयोग गर्न पाउँदा खुसी लाग्छ। जीवनका एक–एक हिसाब बुुझाउन म तयार छुु। बालकोटको घर हाम्रो पसिना र मेहनतबाट बनाइएको हो ,’ शाक्यले भनिन्, ‘सम्पूर्ण नेपालीले सहजरूपमा लाउन र खान पाउनुपर्छ भन्ने हिसाबले हामी लागिरहेका छौं।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-23
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
