
काठमाडौं । लेखक तथा प्रथम महिला राधिका शाक्यले प्रधानमन्त्री ओलीजस्तो मेहनति मान्छे संसारमै नभएको बताएकी छन् । शनिबार काठमाडौंमा आयोजित आफ्नो आत्मकथा ‘करुणा’ लोकार्पण समारोहमा उनले सो कुरा बताएकी हुन् ।
‘मेरो परिभाषामा त उहाँजस्तो सक्रिय मान्छे नेपालमा मात्र होइन विश्वमा पनि छैनन् होला । उहाँको जीवनको आधाआधी समय एकदम नजिक बसेर, उहाँका सम्पूर्ण गतिविधि हेर्दै आएको साथी हुँ नि १ मैले जति त उहाँलाई कसले बुझेको होला र भन्ने मलाई लाग्छ,’ उनले भनिन् ।
उनले देशका लागि रातभरसमेत सक्रिय रूपमा खट्ने मान्छेका बारेमा अनेक अफवाह र नकारात्मक टिप्पणी गरिएकामा दुःख लाग्ने बताइन् । उनले होच्याउन पाइयो भन्दैमा असत्य हिसाबले होच्याउन नहुने धारणा राखिन् ।
आफूले नेपाल राष्ट्र बैंकमा ३३ वर्ष जागिर खाएर बालकोटमा घर जोडेको उनले बताइन् । अहिले पनि पेन्सनबाट खर्च चलाएको स्मरण गराउँदै उनले बालकोटको घरलाई दरबार भनेर प्रचार गर्नेहरूसँग दुःखेसो पोखेकी छन् ।
‘हाम्रो जीवनशैली समान्य नै हो। दुस्खी, गरिब र असहायहरूलाई सहयोग गर्न पाउँदा खुसी लाग्छ। जीवनका एक–एक हिसाब बुुझाउन म तयार छुु। बालकोटको घर हाम्रो पसिना र मेहनतबाट बनाइएको हो ,’ शाक्यले भनिन्, ‘सम्पूर्ण नेपालीले सहजरूपमा लाउन र खान पाउनुपर्छ भन्ने हिसाबले हामी लागिरहेका छौं।’
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ११ फाल्गुन २०८१, आईतवार १०:१८
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
