
काठमाडौं । आज संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक सवा १ बजे बस्नेगरी बोलाइएको छ ।
प्रतिनिधिसभातर्फ तीन र राष्ट्रियसभातर्फ दुईवटा कार्यसूची निर्धारण गरिएको छ । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन २०७९र०८० पेस गर्ने कार्यसूची छ ।
यस्तै, गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक ,२०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, वनमन्त्री ऐनबहादुर शाहीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यस्तै राष्ट्रिय सभामा सचिव डाक्टर सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको विधेयकहरूका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश जानकारी गराउने छन् ।
विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले नपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ११ फाल्गुन २०८१, आईतवार ०८:३१
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
