
काठमाण्डौ । डेडिकेटेड फिडर र ट्रंकलाइनको विद्युत् महसुल विवादमा विद्युत् नियमन आयोगले उद्योगहरूको लाइन नकाट्न विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । सरकारले गठन गरेको प्राविधिक समितिले प्रतिवेदन बुझाएर सरकारले निर्णय गरी तथ्य स्थापित नहुन्जेल उद्योगको लाइन नकाट्न भन्दै आयोगले प्राधिकरणलाई पत्र पठाएको हो ।
सरकाले यसअघि अरविन्दकुमार मिश्रको संयोजकत्वमा बक्यौता रकम जाँच गर्न प्राविधिक समिति गठन गरेको थियो । आयोगले अर्को निर्देशन प्राप्त नभएसम्म डेडिकेटेड तथा ट्रंकलाइन उपभोक्ताउपरको कारबाही यथास्थितिमा राख्न र बक्यौता असुलीको कामलाई भने निरन्तरता दिन आग्रह गरेको छ । बक्यौता असुलीको कार्यलाई निरन्तरता दिने क्रममा गएको कात्तिक १४ गते यता भएका प्रगतिका बारेमा जानकारी दिन पनि आयोगले निर्देशन दिएको छ ।
त्यसरी प्रगतिको जानकारी गराउँदा उपयुक्त अनुपातमा आवधिक रकम तोकेर सम्बन्धित ग्राहकबाट किश्ताबन्दीमा वा पूरै असुलउपर भएको भए त्यसको विवरण खुलाउन आयोगले भनेको छ । बक्यौता असुल गर्ने क्रममा विद्युत लाइनविच्छेदको कारबाही भयो भने प्राधिकरणले त्यस्ता ग्राहकबाट आर्जन गर्ने नियमित आम्दानीमा नकारात्मक असर गरी क्षति हुने कुरामा ध्यान दिन पनि आयोगको आग्रह छ ।
यसअघि गएको मंसीरमा पनि आयोगले उद्योगहरूको विद्युत् नकाट्न प्राधिकरणलाई निर्देशन दिएको थियो । २०७५ सालदेखि शुरु भएको डेडिकेटेड तथा ट्रंक लाइन विवाद अझैसम्म समाधान हुन सकेको छैन ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ११ फाल्गुन २०८१, आईतवार ०८:२८
नेपालमा अब तीन वर्गका ट्याक्सी

देशका अधिकांश भूभागमा गर्मी, काठमाडौंमा ३४ र भैरहवामा ४२ डिग्रीसम्म पुग्ने

चिकित्सक सङ्घद्वारा आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा

तीन दिनभित्र विद्यालयमा पठनपाठनको वातावरण बनाउन सरकारलाई सर्वोच्चको आदेश

संसद्का दुवै सदनको अधिवेशन आजदेखि

एमसिसी अन्तर्गतका परियोजना चाँडै बन्द हुँदैछ
