
काठमाडौं । अनलाइन स्क्यामिङ कार्यमा लगाइएका पाँच नेपाली नागरिकलाई म्यानमारको मेवाडीबाट उद्धार गरी शुक्रबार स्वदेश ल्याइएको छ। बैंककस्थित नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरी ‘टाक इमिग्रेसन अफिस मेसोट’ हुँदै थाइल्याण्ड ल्याई चार पुरूष र एक महिलालाई नेपाल फर्काइएको हो ।
सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु कम्बोडिया लाओस, म्यानमार र थाइल्याणलगायत वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावासले सम्बन्धित सबैमा पुनः अनुरोध गरेको छ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ९ फाल्गुन २०८१, शुक्रबार १८:२१
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
