काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले स्ववियु निर्वाचन आगामी चैत ५ गतेका लागि तोकिएको हो ।
समितिले फागुन १९ गतेदेखि चैत ५ गतेसम्मको निर्वाचन कार्यतालिका बनाएको छ । फागुन १९ गते दिउसो तीन बजेसम्म संघरसंगठनरसमूह दर्ता गर्ने अन्तिम समय तोकिएको छ ।
त्यस्तै फागुन २१ गते मतदाता सूची प्रकाशित गरिने, २५ गते मतदाता सूची उपर दाबी विरोध गर्ने, मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । फागुन २७ गते प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय तोकिएको छ ।

रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-21
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
