
बजारमा अण्डाको मूल्य घट्ने भएको छ। शुक्रबारबाट लागु हुने गरी मूल्य घटाउने निर्णय भएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए।
हामीले आज बैठक बसेर भोलिबाट अण्डाको मूल्य घटाउने निर्णय गरेका छौं, उनले भने । बजारमा ठूलो, मध्यम र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन्। उनका अनुसार न्यूनतम प्रतिक्रेट ३० रूपैयाँदेखि अधिकतम ३५ रूपैयाँका दरले अण्डाको मूल्य घटाइएको छ।
मूल्य घटेसँगै अब मध्यम अण्डा प्रतिक्रेट तीन सय ५०, ठूलो अण्डा तीन सय ७० र एक्स–एल अण्डा प्रतिक्रेट तीन सय ८५ रूपैयाँ पर्ने भएको छ। यसअघि ठूलो अण्डा चार सय, मध्यम तीन सय ८५ र एक्स–एल अण्डा चार सय १५ रूपैयाँ थियो।
यो किसानले पाउने मूल्य हो। उत्पादक तथा व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेकाले अहिले मूल्य घटाउन परेको उनले बताए। उत्पादन धेरै भएर, किसानलाई फाइदा भएर मूल्य घटाएको होइन, उनले भने, अस्वस्थ प्रतिस्पर्धा भएकाले मूल्य घटाउन परेको हो। उनले तुरून्तै अण्डाको मूल्य बढ्ने जानकारी दिए।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ८ फाल्गुन २०८१, बिहीबार २२:२०
टिबी शाह स्मृति यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

Seven health facilities from Gandaki Province have been provided ambulance

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो
Steep decline in cliff honey harvest in Myagdi

Durga Prasain, seven others sent to Dillibazaar Jail

काठमाडौ विश्वविद्यालयको ३० औँ दीक्षान्त :प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
