
राजस्व चुहावट गरेको आरोपमा पक्राउ परेका एक जनाविरुद्ध राजस्व अनुसन्धान कार्यालय इटहरीले ७ करोड २९ लाख २३ हजार रुपैयाँ मागदाबी गर्दै मुद्दा दायर गरेको छ। झापाको भद्रपुरस्थित कृष्ण स्टोरका सञ्चालक सोनु कानुउपर भारतीय कपडा चोरी पैठारी गरी भन्सार महसुल, मूल्य अभिवृद्धि कर र आयकर चुहावट गरेको कसुरमा राजस्व अनुसन्धान कार्यालय इटहरीले अभियोगपत्र दार गरेको हो ।
राजस्व अनुसन्धान कार्यालय इटहरीबाट २०८० असोज ७ गते राजस्व चुहावट गरेको सूचनाका आधारमा उक्त स्टोरका सञ्चालकले राजस्व चुहावट गरेको पाइएको भेटेको थियो । कानुलाई कार्यालयले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ को खण्ड छ १ को उपखण्ड क, ख र ङ बमोजिम उक्त रकम बिगो कायम गरी शतप्रतिशत जरिवाना माग गर्दै उच्च अदालत विराटनगर अस्थायी इजलास इलाममा बिहीबार मुद्दा दायर गरेको हो।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ८ फाल्गुन २०८१, बिहीबार २१:५५
जीवन बीमा कम्पनीहरूको नाफामा वृद्धि

नेपाल स्टक एक्सचेञ्जमा दोहोरो अङ्कको गिरावट

महिला टी-२० विश्वकप छनोट स् हङकङ विरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

काभ्रेको खड्पुमा टिपर घरभित्र छिर्यो

नेपाल क्यान्सर निवारण प्रतिष्ठानद्वारा आयोजित स्व-स्तन परीक्षण तालिम सम्पन्न

अमेरिका र चीनबीच १ सय १५ प्रतिशत भन्सार शुल्क घटाउन सहमत
