काडमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले पशुपति मन्दिर क्षेत्र वरपर मासु र जाँडरक्सी निषेध गरेको छ । भोलि तीजको अवसरमा पशुपति क्षेत्रभित्र पवित्रता कायम गर्ने उद्देश्यले मासु, जाँडरक्सी र अन्य नशालु पदार्थ निषेध गरिएको हो ।
यसका लागि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले पूर्वमा गौशाला मित्रपार्क सडकदेखि पूर्व, पश्चिममा पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, उत्तरमा गौशाला तीलगंगा चक्रपथदेखि उत्तर र दक्षिणमा मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बाग्मतीदेखि दक्षिणसम्म चार किल्ला तोकेको छ ।
यो क्षेत्रमा मासु, जाँडरक्सी तथा नशालु पदार्थहरु उत्पादन, बेचविखन, ओसारपसार, भण्डारण गर्न र खान आजदेखि नै निषेध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-09-17
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
