
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्खाले जहानीयाँ राणा शासन र प्रजातान्त्रिक व्यवस्थाको तुलना नै हुन नसक्ने बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा टुँडीखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
उनले जहानीयाँ शासकले आफ्ना सन्तानका लागि दरबार बनाएको तर प्रजातन्त्रले जनताका लागि सडक, पुल, कुलो, बिजुली व्यापार केन्द्र र विद्यालय बनाएको भन्दै राणा शासन र प्रजातान्त्रिक व्यवस्थाको तुलना नै हुन नसक्ने बताए ।
‘जहानीयाँ शासकले सन्तानका लागि दरबार बनायो । जनताका लागि प्रजातन्त्रले सडक बनायो, पुल बनायो, कुलो बनायो, विजुली व्यापार केन्द्र र विद्यालय बनायो,’ उनले भने ।
नागरिकको जीवन बदल्न प्रजातन्त्रमा बनेका संरचनाको राणाले सन्तानका लागि बनाएका संरचनासँग तुलना हुननसक्ने भन्दै विवेकको तराजुमा राखेर तौलिनुपर्ने उनको भनाई थियो । उनले अहिले देशमा समग्ररुपमा विकास भइरहेको बताउँदै विकासोन्मुखबाट विकासशीलतिर अघि बढेको दाबी गरे ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ७ फाल्गुन २०८१, बुधबार १८:२०
नेपाल क्यान्सर निवारण प्रतिष्ठानद्वारा आयोजित स्व-स्तन परीक्षण तालिम सम्पन्न

अमेरिका र चीनबीच १ सय १५ प्रतिशत भन्सार शुल्क घटाउन सहमत

पुल भाँचिदा र बाढीले डाइभर्सन बगाउँदा नवलपरासी र काभ्रेमा सडक अवरुद्ध

आजको संसद् बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

स्थगित आईपीएल क्रिकेटका जेठ तीन गतेदेखि शुरू हुने

श्रीलंकामा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु
