काठमाडौं । के वान युथ लिग खेल्न एसियाली खेलकुदकी ऐतिहासिक रजत पदक करातेकी विजेता एरिका गुरुङ मंगलबार यूएई प्रस्थान गरेकी छन् ।
दुबईमा हुने लिगमा एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा खेल्ने छिन् । उनले यू-२१ कुमितेमा प्रतिस्पर्धा गर्ने छिन् जहाँ १४ देशका १८ खेलाडी सहभागी रहने छन् ।
एरिकासहित ३ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
प्रशिक्षकमा अमिर राना तथा अफिसियलमा सविना श्रेष्ठ रहेका छन् । फेब्रुअरी २० देखि २३ तारिखसम्म हुने प्रतियोगितामा ८७ राष्ट्रका २ हजार ३ सय ८२ खेलाडीको सहभागिता रहने बताइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-18
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
