
काठमाडौं । के वान युथ लिग खेल्न एसियाली खेलकुदकी ऐतिहासिक रजत पदक करातेकी विजेता एरिका गुरुङ मंगलबार यूएई प्रस्थान गरेकी छन् ।
दुबईमा हुने लिगमा एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा खेल्ने छिन् । उनले यू-२१ कुमितेमा प्रतिस्पर्धा गर्ने छिन् जहाँ १४ देशका १८ खेलाडी सहभागी रहने छन् ।
एरिकासहित ३ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
प्रशिक्षकमा अमिर राना तथा अफिसियलमा सविना श्रेष्ठ रहेका छन् । फेब्रुअरी २० देखि २३ तारिखसम्म हुने प्रतियोगितामा ८७ राष्ट्रका २ हजार ३ सय ८२ खेलाडीको सहभागिता रहने बताइएको छ ।
Sudina Shrestha
प्रकाशित: ६ फाल्गुन २०८१, मंगलवार २२:४८
नेपाली फिल्म ‘चित्रा’ प्राइम भिडियोमा वर्ल्डवाइड स्ट्रीमिङ, ४३ भाषामा सबटाइटल

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मानव बेचबिखन कार्यमा संलग्न व्यक्ति पक्राउ
गायिका एलीना भन्छिन्- अब नक्कली परिचय र विदेशको दूरीलाई कानुनले जोगाउदैन्

राष्ट्रिय ग्रिडसँग ६०७ मेगावाट जलविद्युत् जडानको सम्झौता
