काठमाडौँ । पाठेघरको मुखको क्यान्सरविरुद्ध स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको एचपिभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन् । परिवार कल्याण महाशाखा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार एचपिभी खोप अभियानको १२ औँ दिनसम्ममा १३ लाख किशोरीले खोप लगाएका हुन् ।
उनले अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र १० देखि १४ वर्षका किशोरीलाई स्थानीय तहमा रहेका केन्द्रमार्फत खोप प्रदान गरिएको जानकारी दिँदै छुटेकाको पहिचान गरी खोप प्रदान गरिने बताए । एचपिभी खोप अभियान अनुसार १७ लाख किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पदभार समालेपछि पहिलो निर्णय राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति स्वीकृत गरेका थिए । त्यसयता क्यान्सरको उपचार सातै प्रदेशमा पु¥याउने निर्णय कार्यान्वयनमा आइसकेको छ । क्यान्सरविरुद्ध निरोधात्मक विधि प्रवर्धन गर्ने मन्त्री पौडेलले घोषणा गरेको योजना तथा प्राथमिकतामा उल्लेख छ । सोही अनुसार किशोरीलाई खोप दिने कार्यक्रम अघि बढाइएको हो ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले हालसम्म एचपिभी खोप अभियानलाई सफल पार्न खट्ने सबै स्वास्थ्यकर्मी, स्वयंसेवक, सहयोगी विद्यालयलगायत सबै सहयात्रीलाई अनवरत मेहनतका लागि भन्दै धन्यवाद दिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-18
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
