
काठमाडौँ । पाठेघरको मुखको क्यान्सरविरुद्ध स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको एचपिभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन् । परिवार कल्याण महाशाखा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार एचपिभी खोप अभियानको १२ औँ दिनसम्ममा १३ लाख किशोरीले खोप लगाएका हुन् ।
उनले अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र १० देखि १४ वर्षका किशोरीलाई स्थानीय तहमा रहेका केन्द्रमार्फत खोप प्रदान गरिएको जानकारी दिँदै छुटेकाको पहिचान गरी खोप प्रदान गरिने बताए । एचपिभी खोप अभियान अनुसार १७ लाख किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पदभार समालेपछि पहिलो निर्णय राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति स्वीकृत गरेका थिए । त्यसयता क्यान्सरको उपचार सातै प्रदेशमा पु¥याउने निर्णय कार्यान्वयनमा आइसकेको छ । क्यान्सरविरुद्ध निरोधात्मक विधि प्रवर्धन गर्ने मन्त्री पौडेलले घोषणा गरेको योजना तथा प्राथमिकतामा उल्लेख छ । सोही अनुसार किशोरीलाई खोप दिने कार्यक्रम अघि बढाइएको हो ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले हालसम्म एचपिभी खोप अभियानलाई सफल पार्न खट्ने सबै स्वास्थ्यकर्मी, स्वयंसेवक, सहयोगी विद्यालयलगायत सबै सहयात्रीलाई अनवरत मेहनतका लागि भन्दै धन्यवाद दिएको छ ।
Sudina Shrestha
प्रकाशित: ६ फाल्गुन २०८१, मंगलवार १०:२३
गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

भुटानमाथि नेपालको २९८ रनको जित, अपराजित हुदै सेमिफाइनलमा
