बेइजिङ , दक्षिणपश्चिम चीनमा भारी वर्षाका कारण यस महिना पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ भने थप १९ जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।
फेब्रुअरी ८ मा सिचुआन प्रान्तको यिबिन सहरमा भारी वर्षाले विपत्ति निम्त्याएको राज्य सञ्चारमाध्यमले जनाएका छन् । पहिरोमा परी दुई जना घाइते, १० घर पुरिएको र १०० हेक्टर बाली नष्ट भएका काउन्टीका अधिकारीहरुले बताएका छन् ।
पहिरोको समयमा राज्य प्रसारक सीसीटीभीको भिडियो फुटेजमा उद्धारकर्मीहरूले टर्चहरू लिएर अँध्यारोमा भग्नावशेष खोजिरहेको देखाइएको छ ।
चीन हालैका महिनाहरूमा चरम बाढीको चपेटामा परेको छ । गत वर्ष बाढीमा दर्जनौंको मृत्यु भएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-17
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
