
काठमाडौं । प्रहरीले अवैध सुनचाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ बस्दै आएका भारतीय नागरिक ३० वर्षीय मुकेश महादेव चाँगु रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले चाँगुलाई आइतबार ७६१.६६ ग्राम सुन, ३ किलो १ सय ग्राम चाँदी र ५ लाख १० हजार नगदसहित पक्राउ गरेको हो ।
विदेशबाट आएका व्यक्तिहरुले भन्सार छलेर ल्याएका सुन किनेर उनले बेच्ने गरेको पाइएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए ।
Sudina Shrestha
प्रकाशित: ५ फाल्गुन २०८१, सोमबार ११:४१
धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध मुद्धा दायर

राष्ट्रिय सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित

नयाँ नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

जोटा र उनका भाईको अन्त्यष्टि शनिबार हुने

जोटा र उनका भाईको अन्त्यष्टि शनिबार हुने

सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो नागरिक उन्मुक्ति
