
काठमाण्डौ । विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीले २४औं संस्करणको पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ । ६ पटक उपाधि जितेको पुलिसलाई ब्ल्याक बुल्सले ३–१ गोलले हरायो ।
ब्ल्याक बुल्सका जाखोन्गिर अख्मदोभ, असिल्बेक ओरिफ्जोनोभ र साभ्कत्जोन सात्तोरोभले गोल गरे । पुलिसले एक गोल आत्मघाती उपहार पायो ।ब्ल्याक बुल्स पहिलो सहभागितामै विजेता बनेको हो ।
ब्ल्याक बुल्सले उपाधिसँगै १२ लाख १ हजार र उपविजेता बनेको पुलिसले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा १२ वटा टोली सहभागी थिए ।
Sudina Shrestha
प्रकाशित: ४ फाल्गुन २०८१, आईतवार ०९:२१
‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौं नम्बरमा नेपाल

एएफसी युमन्स एसिया कप क्वालिफायर्समा आज नेपाल र श्रीलंका खेल्दै

तीन पार्टीलाई ८४ सम्म उठ्नै नसक्ने गरी घायल बनाउनुपर्छः सागर ढकाल

संघीय संसदका पाँच समितिको बैठक बस्दै

फिफा क्लब विश्वकपः यी हुन् क्वाटरफाइनलमा पुग्ने ८ क्लब

नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?
