काठमाण्डौ । विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीले २४औं संस्करणको पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ । ६ पटक उपाधि जितेको पुलिसलाई ब्ल्याक बुल्सले ३–१ गोलले हरायो ।
ब्ल्याक बुल्सका जाखोन्गिर अख्मदोभ, असिल्बेक ओरिफ्जोनोभ र साभ्कत्जोन सात्तोरोभले गोल गरे । पुलिसले एक गोल आत्मघाती उपहार पायो ।ब्ल्याक बुल्स पहिलो सहभागितामै विजेता बनेको हो ।
ब्ल्याक बुल्सले उपाधिसँगै १२ लाख १ हजार र उपविजेता बनेको पुलिसले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा १२ वटा टोली सहभागी थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-16
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
