
काठमाडौं । ठमेलमा प्रहरीलाई कुटपिट गरेको अरोपमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको स्थायी कमिटी सदस्य रहेका नेता कमलराज जोशी पक्राउ परेका छन् । बिहीबार दिउँसो जोशीलाई नयाँ बानेश्वरबाट पक्राउ परेका हुन् ।
माघ २४ मा ठमेलको ज्याठास्थित छायाँ सेन्टर अगाडि ‘राउण्ड अप ड्युटी’ मा खटिएका प्रहरीका जवान नगेन्द्रराज विष्ट र हवल्दार जुगलाल घर्तीमाथि जोशी समेतले निर्घात कुटपिट गरेका थिए ।
ड्युटीमा खटिएका प्रहरीलाई कुटपिट गर्ने समूहका पाँच जनाविरुद्ध पक्राउ पूर्जी जारी हुँदा अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशी भने पक्राउ परेका थिएनन् । जोशीलाई ‘उन्मुक्ति’ दिइएको भन्दै आलोचना भएको थियो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २ फाल्गुन २०८१, शुक्रबार ०९:२९
अमेरिका र चीनबीच १ सय १५ प्रतिशत भन्सार शुल्क घटाउन सहमत

पुल भाँचिदा र बाढीले डाइभर्सन बगाउँदा नवलपरासी र काभ्रेमा सडक अवरुद्ध

आजको संसद् बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुने

स्थगित आईपीएल क्रिकेटका जेठ तीन गतेदेखि शुरू हुने

श्रीलंकामा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु

नीलगिरि हिमालको फेदैमा घरपझोङ–५ सम्लेस्थित ढुम्बाताल पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै
