काठमाडौं । रुपन्देहीको कञ्चन गाउँपालिकामा छोराले आमाको हत्या गरेका छन् । कञ्चन गाउँपालिका १ स्थित सुन्दर टोलमा २० वर्षीय सरोज परियारले आफ्नी ४५ वर्षीया आमा पार्वती परियारको हँसिया प्रहार गरी हत्या गरेका हुन् ।
बुधबार राति कान्छा छोरा सरोजले आँखा र हातमा हँसिया प्रहार गरी पार्वतीको हत्या गरेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ । घटनालगत्तै प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सरोज पहिलैदेखि मानसिक रुपमा ठीक थिएनन् । घरमा मृतक पार्वती र उनका कान्छा छोरा मात्रै बस्दै आएका थिए । मृतक परियारका जेठा छोरा रोजगारीका लागि भारतमा रहेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-13
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
