शङ्खरापुरमा स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाण्डौ । काठमाण्डौको शङ्खरापुर नगरपालिका-५ कात्तिकेको साँखु-नगरकोट सडक खण्डमा हिजो बेलुकी स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अरु ४० जना घाइते भएका प्रहरीले जनाएको छ ।
चाबहिलको एसएस एकेडेमीले रिजर्भ गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस ब्रेक फेल भइ अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । वनभोज खाएर नगरकोटबाट साँखुतर्फ छुटेको बस साँझ ५ बजेतिर दुर्घटना भएको हो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १ फाल्गुन २०८१, बिहीबार ०९:०२