
काठमाडौं (एजेन्सी) । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले शनिबारसम्म थप बन्धक रिहा नगरे गाजा युद्धविराम भङ्ग हुने चेतावनी दिएका छन् । बन्धकको रिहा नगर्ने हमासको प्रतिक्रिया लगत्तै प्रधानमन्त्री नेतन्याहूले यस्तो चेतावनी दिएका हुन् ।
हमासले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै बन्धक रिहाई रोक्ने प्रतिक्रिया दिएको थियो । नेतन्याहूले इजरायली सेना हमास पराजित नहुँदासम्म भीषण लडाईका लागि तयार रहेको समेत बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत यसका लागि समय सीमाा हमास आफैं तय गर्ने बताएका छन् । उनले हमास बाँकी सबै बन्धक रिहा गर्न अटेर गर्न थाले इजरायल जतिबेला पनि नरक देखाउनका लागि आतुर रहेको भन्दै उत्तेजनात्मक अभिव्यक्ति दिएका हुन् ।
Sudina Shrestha
प्रकाशित: ३० माघ २०८१, बुधबार ०९:४२
नेपाली फिल्म ‘चित्रा’ प्राइम भिडियोमा वर्ल्डवाइड स्ट्रीमिङ, ४३ भाषामा सबटाइटल

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मानव बेचबिखन कार्यमा संलग्न व्यक्ति पक्राउ
गायिका एलीना भन्छिन्- अब नक्कली परिचय र विदेशको दूरीलाई कानुनले जोगाउदैन्

राष्ट्रिय ग्रिडसँग ६०७ मेगावाट जलविद्युत् जडानको सम्झौता
