
काठमाडौं । संघीय संसद्अन्तर्गत आज आठ वटा समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार प्रतिनिधिसभाका ६ र राष्ट्रिय सभाअन्तर्गतका दुई समितिका बैठक बस्न लागेको हो ।
अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सांसदहरुसंग छलफल गर्ने कार्यसूची छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा माउण्ट एभरेष्ट ब्रुअरी प्रालिमा कार्यरत श्रमिकको पारिश्रमिक सम्बन्धमा छलफल हुनेछ । बिहान ११ बजे नै बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा समितिको आगामी कार्यक्रम तथा समसामयिक विषयमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।
त्यस्तै बिहान ११ बजे नै बस्ने महिला तथा सामाजिक मामिला समितिमा समितिको आगामी अनुगमन भ्रमण तथा कार्यक्रम सम्बन्धमा छलफल हुनेछ । राज्यव्यवस्था तथा सुशासन समितिको सवा १२ बजे बस्ने बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ माथि दफावार छलफल हुने छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकको कार्यसूचीमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुने छ । बैठक दिउँसो साढे १ बजे शुरु हुनेछ ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा विद्यमान निर्वाचन प्रणाली र यसका विकल्पहरूमाथि छलफल गर्ने कार्यसूची छ । बैठक साढे ११ बजेका लागि बोलाइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको ४५ औँ बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा मस्यौदा प्रतिवेदनउपर छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
Sudina Shrestha
प्रकाशित: ३० माघ २०८१, बुधबार ०९:०९
नेपाली फिल्म ‘चित्रा’ प्राइम भिडियोमा वर्ल्डवाइड स्ट्रीमिङ, ४३ भाषामा सबटाइटल

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मानव बेचबिखन कार्यमा संलग्न व्यक्ति पक्राउ
गायिका एलीना भन्छिन्- अब नक्कली परिचय र विदेशको दूरीलाई कानुनले जोगाउदैन्

राष्ट्रिय ग्रिडसँग ६०७ मेगावाट जलविद्युत् जडानको सम्झौता
