
काठमाडौं । काठमाडौंको बुढानीलकण्ठस्थित एक घरमा प्रहरीले छापा मारेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारी नेतृत्वको टोलीले दुईतल्ले सो घरमा अवैध रूपमा सट्टेबाजी खेल भइरहेको सूचना पाएर छापा मारेको हो।
सूचनापछि एसएसपी अधिकारी सहितको टोलीले छापा मारेर आइतबार २३ जनालाई पक्राउ गरेको हो। प्रहरीले घरबाट ८८ वटा मोबाइल, १० वटा ल्यापटप पनि बरामद गरेको छ।
प्रहरीले नियन्त्रणमा लिएका मोबाइल र ल्यापटपबाट उनीहरूको कारोबारबारे अनुसन्धान गर्ने बताएको छ।
Sudina Shrestha
प्रकाशित: २८ माघ २०८१, सोमबार १२:२८
बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार छ- अर्थमन्त्री पौडेल

नेप्सेमा ३४ अंकको वृद्धि, ९ अर्बको कारोबार

कुलिङ पिरियड हेरफेरको छानबिन संसदीय समितिबाट गर्न सभामुखलाई सिफारिश गर्ने निर्णय

पर्यटन मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित छ- मन्त्री पाण्डे

हैजा निवारण योजना २०८२-२०८७ सम्बन्धी सरोकारवालाहरुसँगको छलफल सम्पन्न

पर्साबाट स्रोत नखुलेको नगद २८ लाख २७ हजारसहित तीन जना पक्राउ