
काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रवीन्द्र केसीले राजीनामा दिएका छन् । पुस २६ गते प्रहरी नायब महानिरीक्षक ९डिआइजी०बाट बढुवा भएर एआइजी भएका केसीले प्रधान कार्यालयमा आइतबार दिउँसो राजीनामा बुझाएका छन् । जागिर अवधि ४० दिन बाँकी हुँदै उनले पदबाट राजीनामा दिएका हुन् ।
उनको पदावधि ५ चैतसम्म बाँकी थियो । स्रोतका अनुसार गृह मन्त्रालयको कर र दवाबका कारण पदावधि सकिन अघि नै उनले राजीनामा दिएका हुन् । डिआइजी जनक भट्टराईलाई बढुवा गर्न उनलाई एआइजी केसीलाई राजीनामा दिन गृह मन्त्रालयको दवाब आएको ती प्रहरी स्रोतको भनाइ छ । उनी प्रदेश समन्वय विभागमा कार्यरत थिए । उनको राजीनामाबारे सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्नेछ ।
Sudina Shrestha
प्रकाशित: २८ माघ २०८१, सोमबार १२:१७
बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार छ- अर्थमन्त्री पौडेल

नेप्सेमा ३४ अंकको वृद्धि, ९ अर्बको कारोबार

कुलिङ पिरियड हेरफेरको छानबिन संसदीय समितिबाट गर्न सभामुखलाई सिफारिश गर्ने निर्णय

पर्यटन मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित छ- मन्त्री पाण्डे

हैजा निवारण योजना २०८२-२०८७ सम्बन्धी सरोकारवालाहरुसँगको छलफल सम्पन्न

पर्साबाट स्रोत नखुलेको नगद २८ लाख २७ हजारसहित तीन जना पक्राउ