
काठमाडौ । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन रातो मच्छिन्द्रनाथबारे छलफल गर्न आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन विज्ञसहित भारतको आसाम गुहाटी पुगेका छन् ।

गुहाटी विश्वविद्यालयले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन रातो मच्छिन्द्रनाथ पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्य, ज्यापू समाज ललितपुरका अध्यक्ष सन्तमान महर्जन, ञवालका गुठीयार नविन महर्जन, घःकुका गुठीयार बुद्ध महर्जन, बाराही दः गुठीका नाइके दिलकुमार वाराहीसहित महानगर प्रमुख चिरीबाबु महर्जन गुहाटी पुगेका हुन् । महानगर प्रमुख महर्जनले रातो मच्छिन्द्रनाथबारे आयोजना गरिएको सम्मेलनमा विज्ञहरुको सहभागिता महत्वपूर्ण भएको बताउँदै सबैको सहभागितमा आफू गुहाटी आएको बताए । उनले भने, ‘रातो मच्छिन्द्रनाथसँग सम्बन्धित यो कार्यक्रममा उहाँहरु सहभागी हुँदा विषयलाई थप बुझ्ने अवसर पाउनुहुन्छ भन्ने हेतू हो ।’
भ्रमणमा सहभागी भएकाहरु रातो मच्छिन्द्रनाथको बारेमा विज्ञ भएको नगरप्रमुखले दाबी गरे । रातो मच्छिन्द्रनाथको जात्रा र रथ नेपालको मौलिक एवं लोकप्रिय जात्रा हो ।
Sudina Shrestha
प्रकाशित: २८ माघ २०८१, सोमबार ११:५९
बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार छ- अर्थमन्त्री पौडेल

नेप्सेमा ३४ अंकको वृद्धि, ९ अर्बको कारोबार

कुलिङ पिरियड हेरफेरको छानबिन संसदीय समितिबाट गर्न सभामुखलाई सिफारिश गर्ने निर्णय

पर्यटन मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित छ- मन्त्री पाण्डे

हैजा निवारण योजना २०८२-२०८७ सम्बन्धी सरोकारवालाहरुसँगको छलफल सम्पन्न

पर्साबाट स्रोत नखुलेको नगद २८ लाख २७ हजारसहित तीन जना पक्राउ