
काठमाडौं । बाँकेमा बिहे भोजमा युवकहरूबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैजनाथ गाउँपालिका–८ पुष्पनगर बीचलाइनका १८ वर्षीय दिनेश रोकाया रहेका छन् ।
बीचलाइनकै एक युवकको बिहे भोजमा मदिराले मातेका आफन्तबीच कुटाकुट हुँदा बैजनाथ–२ का ३५ वर्षीय रामबहादुर रानाले दिनेशमाथि धारिलो हतियार प्रहार गरेका थिए । त्यसपछि गम्भीर घाइते भएका दिनेशको आइतबार उपचारका क्रममा लखनउमा मृत्यु भएको हो ।
त्यस्तै कुटाकुटबाट पाँच जना घाइते भएका छन् । घाइते सबै आइतबार बेलुकीसम्म मेडिकल कलेज कोहलपुरमा उपचारपछि घर फर्किसकेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराईले कोहलपुर मेडिकल कलेजमा उपचार सम्भव नभएपछि थप उपचारका लागि दिनेशलाई भारतको लखनउ लगिएको र आइतबार उपचारकै क्रममा उनको मृत्यु भएको जानकारी दिए । दिनेशमाथि धारिलो हतियार प्रहार गर्ने रामबहादुर पक्राउ परिसकेका छन् । घटनाको अनुसन्धानका लागि अन्य पाँच जनालाई पनि नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २८ माघ २०८१, सोमबार ११:४८
दि हिडन ट्रेजरद्वारा आयोजित ‘डिजाइनर अफ द इयर’को उपाधि सविना र शिरिषालाई

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २० निर्णय (सूचीसहित)

पञ्चकन्या समूहद्वारा निःशुल्क क्यान्सर स्क्रिनिङ शिविर

नेपाल बैंक र भक्तपुर हस्पिटल बिच सम्झौता

निगमले तिर्यो न्यारोबडी र वाइडबडी जहाजको किस्ता

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ सार्वजनिक
