
सल्यान । सल्यानको शारदा नगरपालिका वडा नम्बर १ श्रीनगरमा जारी दोस्रो बृहत् सल्यान महोत्सव आगलागी हुँदा स्टलहरू जलेर नष्ट भएको छ ।महोत्सवको आठौं दिन राति ११ बजेतिर आगलागी भएको र सबै सामान जलेर नष्ट भएको हो ।
जिल्ला प्रहरी प्रमुख डिएसपी केशव न्यौपानेले विद्युत् सर्ट भइ आगलागी भएको हुन सक्ने बताएका छन् । आगो नियन्त्रणमा लिन झन्डै साढे तीन घन्टा लागेको डिएसपी न्यौपानेले बताए ।
सल्यान महोत्सवमा झन्डै डेढ सय स्टलहरू रहेका थिए । स्टल राखेका व्यापारीहरू राति सुत्न बाहिर जाने गरेका थिए । रात्रिको समयमा रेखदेखको लागि मेलाका ठेकेदारका मानिसहरूका साथै प्रहरी पनि खटिँदै आएका थिए ।
एक्कासि लागेको आगोबाट क्षतिको यकिन विवरण आइनसकेको डिएसपी न्यौपानेले बताए । श्रीनगरमा माघ १८ गतेदेखि मेला जारी थियो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २७ माघ २०८१, आईतवार १०:४३
कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण

इरानलाई हमासको अवस्थामा पुर्याउने इजरायलको चेतावनी

राजावादीद्वारा अनिश्चितकालीन जनआन्दोलनको घोषणा

जिल्ला अस्पताल धनकुटामा डायलाइसिस सेवा सुरु

नेप्सेमा उच्च अंककाे वृद्धि, कारोबार रकम साढे १० अर्बमाथि

७२ औं मिस वर्ल्डमा सहभागी हुन मिस नेपाल सृच्छा प्रधान भारततर्फ प्रस्थान
