सप्तरीबाट पुनः ठूलो मात्रामा गाँजा बरामद भएको छ। प्रहरीले शुक्रबार बिहान साढे १ बजेति ७११ किलो गाँजा नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार बोदे बर्साइन नगरपालिका– ३ बाट सो परिमाणको गाँजा बरामद भएको हो।
गाँजा बरामद भएको स्थानबाट एउटा स्कारपियो गाडी समेत प्रहरीले बरामद गरेको छ। फरार भएका स्कारपियो चालकको खोजी भईरहेको सप्तरी प्रहरीले जनाएको छ। पछिलो समय सप्तरी प्रहरीले गाजा नियन्त्रणमा कडाई गरे पछि धमाधम गाँजा बरामद हुने क्रम बढ्दो छ।
प्रहरीले यसअघि गत पुस २७ मा बलानबिहुल गाउँपालिका–१ चनहीको कमलदाहामा परालले छोपिएको अवस्थामा ६७० किलो गाँजा नियन्त्रणमा लिएको थियो। त्यस्तै गत मंसिर ३ गते राति राजगढ गाउँपालिकाबाट बालुवा बोक्ने ट्रिपरमा लोड गरिएको अवस्थामा एक हजार ७१७ किलो गाँजा नियन्त्रणमा लिएको थियो।
पूर्वी पहाडी जिल्लाबाट सप्तरी ल्याएर गाँजा भण्डारण गरिने र सप्तरीबाट भारततर्फ तस्करी हुने गरेको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-08
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
