कैलालीमा माइक्रोको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत गौरीगंगा नगरपालिका–४ को राजीपुरमा कर्णाली प्रदेश ०२००१८ प ०८५६ नम्बरको माइक्रो बसले सुदूरपश्चिम प्रदेश ०१०१२ प ५२६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
शुक्रबार साँझ ठक्करबाट मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–१ बस्ने २३ वर्षीय किशोर चौधरी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्रसिंह बोहराले जानकारी दिए।
उनका अनुसार चौधरीको टाउकोमा गम्भीर चोट लागेको छ। उनको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ। माइक्रो बस र चालक सुर्खेतको बिरेन्द्रनगर–६ बस्ने ३३ वर्षीय राजबहादुर थापालाई इलाका प्रहरी कार्यालय चौमालले नियन्त्रणमा लिएको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-08
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
