काठमाडौँ । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अदालतको आदेश र सरकारको निर्देशनविपरित नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनमा सहभागी हुने राष्ट्रिय सङ्घहरूलाई तीन दिन भित्र चित्तबुझ्दो कारणसहित स्पस्टीकरण बुझाउन निर्देशन दिएको छ ।
राखेपको निर्देशनलाई वेबास्ता गर्ने सङ्घहरूलाई खेलकुद ऐन अनुसार निलम्बन र सङ्घको तदर्थसमित गठन गर्नेसम्मको कारबाहीको चेतावनी दिएको छ । राखेप कार्यकारी समितिले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा राखेप सदस्य सचिव टंकलाल घिसिङले देशको कानुभन्दा माथि कोही नहुने भन्दै सङ्घहरूलाई यो नै अन्तिम मौका भएको बताए ।
राष्ट्रिय खेल सङ्घहरूले राखेपको निर्देशनलाई वेबास्ता गर्दै गत पुस १३ गते अनलाइनमार्फत भएको एनओसीको निर्वाचनमा भाग लिएका थिए । उक्त निर्वाचनले जीवनराम श्रेष्ठको अध्यक्षतामा एनओसीको नयाँ कार्यसमिति चयन गरेको थियो ।
राखेपले निर्वाचनमा भाग लिएको नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ सङ्घ, नेपाल बास्केटबल सङ्घ, नेपाल आर्चरी सङ्घ, नेपाल भलिबल सङ्घ, नेपाल स्की सङ्घ, नेपाल जुडो सङ्घ, नेपाल गल्फ सङ्घ र नेपाल बक्सिङ सङ्घलाई दिएको शर्त पालना नगरी सोधिएको स्पष्टीकरणको समेत अवज्ञा गरी उचित कारणसहित जवाफ प्राप्त नभएकोले सफाइ पेस गर्न तीन दिनको समय सिमासहित अन्तिम मौका दिएको हो ।
यस्तै राखेपले जवाफ चित्त बुझ्दो नभएमा सम्बन्धित खेल सङ्घ र महासङ्घको बैंक खाता रोक्का गर्ने, पदाधिकारीहरूलाई वैदेशिक सहभागितामा रोक्ने, खेल सङ्घ र महासङ्घलाई सरकारी भौतिक पूर्वाधार प्रयोगमा रोक लगाउने जस्ता कारबाही गरिने पनि जनाएको छ । राखेपको गत मङ्गलबार बसेको बोर्ड बैठक समेत एनओसीको निर्वाचन र खेल सङ्घको भूमिकाको विषयमा केन्द्रित रहेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-07
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
