
काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका १७ जना रिहा भएका छन् ।
माघ १२ गते बलुडाँडा र त्यसपछि झापाको दमक तथा सुनसरीमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका सबै १७ मध्ये जना ताप्लेजुङबाट ३, झापा दमकबाट ८ जना र धरानबाट ६ जना थुनामुक्त भएका हुन् । क्रिाउ परेका उनीहरुमाथि प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चलाएको थियो ।
जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार पक्राउ परेका सबैजनालाई रिहा गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) भीमबहादुर दाहालले जानकारी दिए । महिचानबादी मोर्चाका जिल्ला संयोजकसमेत रहेका प्रदीप मादेन, लक्ष्मण लिम्बू, चन्द्रसागर लिम्बु लगायत पक्राउ परेका थिए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २४ माघ २०८१, बिहीबार १३:५५
कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण

इरानलाई हमासको अवस्थामा पुर्याउने इजरायलको चेतावनी

राजावादीद्वारा अनिश्चितकालीन जनआन्दोलनको घोषणा

जिल्ला अस्पताल धनकुटामा डायलाइसिस सेवा सुरु

नेप्सेमा उच्च अंककाे वृद्धि, कारोबार रकम साढे १० अर्बमाथि

७२ औं मिस वर्ल्डमा सहभागी हुन मिस नेपाल सृच्छा प्रधान भारततर्फ प्रस्थान
