
काठमाडौं । चितवनको सौराहामा निकुञ्जका सुरक्षाकर्मीले चलाएको गोली लागेर मुकुना नामक जंगली हात्तीको मृत्यु भएको छ । सौराहा आसपास बस्तीमा छिरेर स्थानीयलाई त्रसित बनाएपछि हात्तीलाई तर्साउन चलाइएको गोली लागेर मकुनाको मृत्यु भएको निकुञ्जले जनाएको छ ।
बुधबार हात्ती स्वीप गस्ती टोलीले स्वीपिङ गस्ती गर्दै जाने क्रममा कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा मकुना अकस्मात् फेला परेको थियो ।घरपालुवा हात्ती (चुरेगज) लाई आक्रमण गर्न आएकोले अन्य विकल्प नभएको अवस्थामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २१ मा भएको व्यवस्था बमोजिम आत्म सुरक्षाको लागि २ राउन्ड वार्निङ हवाई फायर गरिएको निकुञ्जले जनाएको छ ।
Sudina Shrestha
प्रकाशित: २४ माघ २०८१, बिहीबार ११:५४
धुनषामा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउण्ड हवाई फायर

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

चितवनमा गोहीको आक्रमणबाट एक युवकको मृत्यु

गभर्नर पौडेलसँग चिनियाँ राजदूत सोङको शिष्टाचार भेट

पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

धनुषाबाट स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
