चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा आज पनि थुनछेक बहस सुरु भएको छ । बुधबारदेखि न्यायाधीश दयाराम ढकालको इजलासमा बहस जारी छ ।
बुधबार थुनछेक बहस नसकिएपछि अदालतले सभापति लामिछानेलाई हिरासत पठाउन आदेश दिएको थियो । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन मुद्दाको थुनछेक बहसका लागि प्रहरीले लामिछानेलाई अदालतमा आज उपस्थित गराएको हो ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिएका सहकारी पीडितको तर्फबाट बिहीबार ८ जना अधिवक्ताले बहस गर्दैछन् ।
बुधबार थुनछेक बहसमा सरकार पक्षबाट जिल्ला न्यायाधीवक्ता रवि न्यौपानेसहित सरकारी वकिलहरु बुद्धबहादुर थापा, अमृत सुवेदीले बहस गरेका थिए । बिहीबार १० बजेपछि जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ताहरु दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारी, राजकुमार श्रेष्ठ, अधिवक्ताहरू आरसी गौतम, गोपिलाल देवकोटा, सीताराम दवाडी, सुनिता अधिकारी र शम्भु बर्तौलाले बहस गर्दैछन् ।
यस्तै, रवि लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, धर्मराज आचार्य, अधिवक्ताहरु नारायणदत्त कँडेल, चुडामणि सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा, सञ्जय गोले, केदारराज पन्त र दिपकराज तिमल्सेनाले बहसका लागि वकालतनामा दर्ता गरेको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । थुनछेक बहस विहीबार नै सकेर आदेश जारी गर्ने तयारी गरिएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २४ माघ २०८१, बिहीबार ११:५०
झोछेंबाट देखिने हनुमानढोका दरबारको सौन्दर्यले पर्यटकलाई मोहित
केबलकार निर्माणविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका रिहा
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
कमलपोखरी ग्याँस विस्फोटका घाइते सबैलाई कीर्तिपुर लगियो
सुरक्षाकर्मीले चलाएको गोली लागेर हात्तीको मृत्यु
रविविरुद्ध थुकछेक बहस सुरु, आजै आदेश आउने