काठमाडौं। ललिता निवासको जग्गा हिनामिना प्रकरणमा थुनामा रहेका १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिइएको छ । जिल्ला अदालत काठमाडौँले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलास थुनामा रहेका १८ जनामध्ये एक जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । अदालतले गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
कोसँग कति धरौटी माग रु
केशव तुलाधर– साधारण तारेखमा रिहा
मीन बहादुर गुरुङ– २ करोड ४६ लाख
शिवजी भट्ट–३ लाख ३० हजार
रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार
बालकृष्ण श्रेष्ठ– ७ लाख ५० हजार
कलाधर देउजा– १५ लाख
घमन कुमार कार्की– ७ लाख ५० हजार
गोपाल कार्की– ७ लाख ५० हजार
विनोद पौडेल– १५ लाख
योगराज पौडेल– ७ लाख ५० हजार
नारायणराज मिश्र –७ लाख ५० हजार
अरुण कुमार श्रेष्ठ –७ लाख ५०
ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार
बाबुराजा महर्जन– १ लख १० हजार
देवनारायण महर्जन– १ लाख १०
सकलानन्द महर्जन– १ लाख १० हजार
सञ्जय कुमार महर्जन– १ लाख १० हजार
लोकरि घिमिरे– ७ लाख ५० हजार
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-09-10
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
