काठमाण्डौ । दक्षिण अफ्रिकालाई हराउँदै भारतले आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । मलेसियाको क्वालालम्पुरमा आज भएको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ९ विकेटले हरायो ।
दक्षिण अफ्रिकाले दिएको ८३ रनको लक्ष्य भारतले ११ ओभर २ बलमा १ विकेट गुमाएर भेटायो । भारतकी गोन्गादी तृषाले नटआउट ४४ रन बनाइन् । दक्षिण अफ्रिकाकी क्याला रेनेकेले १ विकेट लिइन् ।
यसअघि टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिका २० ओभरमा ८२ रन बनाउँदा अलआउट भयो । दक्षिण अफ्रिकाकी मिक भान वूस्र्टले सबैभन्दा धेरै २३ रन बनाइन् । भारतकी गोन्गदी तृषाले ३ विकेट लिइन् ।
भारतले लगातार दोस्रो पटक १९ वर्षमुनिको महिला टी–२० विश्वकपको उपाधि जितेको हो । सन् २०२३ मा भएको पहिलो संस्करणमा इङ्गल्यान्डलाई हराउँदै भारत विजेता बनेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-02
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
