अभियन्ता बताउने आशिका तामाङ धरौटीमा रिहा भएकी छन्।
आपराधिक उपद्रव कसुरमा जिल्ला अदालत भक्तपुरले तामाङलाई २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।
माघ २ गते प्रहरी वृत्त गौशालाले उनलाई अभद्र व्यवहार गरेको कसुरमा पक्राउ गरेको थियो। प्रहरी कर्मचारीमाथि दुर्व्यवहार गरेको भन्दै उनलाई पक्राउ गरिएको थियो।
त्यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई माघ १४ गते १० हजार धरौटी माग गरी रिहा गर्न आदेश दिएको थियो। तर भक्तपुरमा सूर्यविनायक नगरपालिकाले बनाएको झुलुङ्गे पुलको बोर्ड बिगारेको कसुरमा अनुसन्धान गर्न परिसरको हिरासतमा राखिएको थियो।शुक्रबार अदालतमा पेस गर्दा उनीसँग धरौटी माग गरिएको हो।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-01
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
