शुक्रबार इण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि नेपालमा पनि शनिबार बिहान १ बजेदेखि लागू हुने गरी मूल्य बढाइएको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ र डिजेलरमट्टितेलमा ४ रुपैयाँ मूल्य बढेको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ र अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिलिटर ४३ डलरका दरले बढाइएको छ । यस्तै पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।
यससँगै अब पेट्रोलको मूल्य पहिलो वर्गमा १६४.५०, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ प्रतिलिटर भएको छ । त्यस्तै, डिजेलरमट्टितेलको मूल्य पहिलो वर्गमा १५७.५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ भएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-02-01
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
