काठमाडौं – इटालिया मोटरवर्क्स प्रा. लि., सुनरा इलेक्ट्रिक स्कुटरको नेपाली बजारका आधिकारिक बिक्रेता, ले सुनरा के फाइभ स्कुटरको मिडिया टेस्ट राइड इभेन्ट सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त कार्यक्रममा ४० भन्दा बढी मिडिया प्रतिनिधिहरूले सहभागिता जनाएका थिए, जसले स्कुटरको पावर, प्रदर्शन, प्रविधि, र मूल्य नीति प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर पाए।
सहभागी मिडिया प्रतिनिधिहरूले सुनरा के फाइभ को तीव्र गति, सहज सवारी अनुभव, र ब्याट्री क्षमताको प्रशंसा गरेका छन्। स्कुटरमा ४ किलोवाट पिक पावर क्षमताको मोटर जडान गरिएको छ। यसमा रहेको ७२ भोल्ट ३५ एम्पीयर आवरको ग्राफिन ब्याट्री ५–६ घण्टामा पूर्ण चार्ज हुने र एकपटक चार्ज गर्दा १०० किलोमिटरसम्म यात्रा गर्न सकिने क्षमता राख्छ। सुनरा के फाइभको एमआरपी रु. १,८९,९०० निर्धारण गरिएको छ।
इटालिया मोटरवर्क्सले सुनरा के फाइभ सँगै रोबो-एस र ह्वांक मोडलहरू पनि विशेष छुटका साथ बजारमा उपलब्ध गराएको छ। रोबो-एस मोडलमा ३ किलोवाट पावर क्षमताको मोटर जडान गरिएको छ। यसमा ७२ भोल्ट २० एमएएचको दुई लिथियम ब्याट्री जडित छ, जसले १३५ किलोमिटरसम्मको यात्रा दूरी प्रदान गर्छ भने ८० किलोमिटर प्रति घण्टाको टप स्पीड रहेको छ। यसको एमआरपी रु. ३,७९,९०० रहेको छ भने रु. ६०,००० छुट सहित यो अहिले रु. ३,१९,९०० मा उपलब्ध छ।
ह्वांक मोडल डबल वा सिंगल ब्याट्री विकल्पसहित उपलब्ध छ। डबल ब्याट्री संस्करणको एमआरपी रु. ३,१७,९०० रहेको छ भने रु. ५८,००० छुट सहित यसलाई रु. २,५९,९०० मा पाउन सकिन्छ। सिंगल ब्याट्री संस्करण रु. २,३६,९०० को एमआरपीमा रु. ३७,००० छुट सहित रु. १,९९,९०० मा बिक्री भइरहेको छ। ह्वांकले १८०० वाटको मोटर, १३५ किलोमिटरसम्मको यात्रा दूरी, र ६५ किलोमिटर प्रति घण्टाको स्पीड प्रदान गर्दछ।
इटालिया मोटरवर्क्सले गुणस्तरीय इलेक्ट्रिक स्कुटर र बेनेली ब्रान्डका मोटरसाइकलहरू नेपाली बजारमा पुर्याउँदै ग्राहकहरूलाई सहज, किफायती, र पर्यावरणमैत्री यातायात समाधान दिने प्रतिबद्धता जनाएको छ। कम्पनीको सेल्स तथा मार्केटिंग मेनेजर नबराज घिमिरेले सुनरा स्कुटरहरूले नेपाली उपभोक्ताको आवश्यकता अनुरूप गति, सहजता, र टिकाउपनलाई प्राथमिकता दिँदै आएको बताए। उनका अनुसार यी मोडलहरूमा उपलब्ध छुटले ग्राहकहरूका लागि यो अवसरलाई अझै आकर्षक बनाएको छ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १८ माघ २०८१, शुक्रबार १६:५७
सबै दलको सहमतिमा संविधान संशोधन हुन्छ: सभापति देउवा
गायिका एलिना चौहानले दायर गरे सम्बन्धबिच्छेदको मुद्दा
सुनरा के फाइभ मिडिया टेस्ट राइड इभेन्ट सफलतापूर्वक सम्पन्न
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र आरावन टेक प्रा ली बीच सहकार्य सम्झौता
अमेरिकामा हवाई दुर्घटनाः विमान र हेलिकोप्टरमा सवार ६७ जनाकै मृत्यु
अर्थ समितिको बैठक बस्दै