काठमाडौं (एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै प्रकारका वैदेशिक अनुदान सहयोगमा रोक लगाउने निर्णय ह्वाइटहाउसले स्थगित गरेको छ । जसले ट्रम्पलाई धक्का लागेको छ । विदेशी अनुदान वितरण ९० दिनका लागि स्थगित गर्ने राष्ट्रपति ट्रम्पको निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश दिएपछि ह्वाइटहाउस पछि हटेको हो ।
राष्ट्रपति ट्रम्पले यही २० जनवरीमा शपथ ग्रहणपछि विभिन्न मुलुकलाई बाँड्दै आएको अनुदान सहयोग ९० दिनसम्मका लागि स्थगित गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । त्यसपछि सबै देशहरुमा निर्णय कार्यान्वयनका लागि पत्राचार गरिएको थियो ।
उक्त निर्णयले अमेरिकी सरकारको सहायतामा भर पर्ने लाखौं व्यक्तिमा त्रास फैलिएको भन्दै जिल्ला अदालतका न्यायाधीश लोरेन अली खानको इजलासले निर्णय तत्काल यथास्थितिमा राख्न आदेश दिएको हो ।
ट्रम्पको उक्त निर्णयले विश्वभर अमेरिकाको सहयोगमा सञ्चालित स्वास्थ्य, शिक्षा र विकाससँग सम्बन्धित कयौं प्रोजेक्टहरु बन्द हुने र ती क्षेत्रमा संलग्न व्यक्तिहरुको रोजगारी पनि संकटमा पर्ने चिन्ता व्यक्त हुँदै आएको थियो । ट्रम्पको उक्त निर्णयले नेपाललाई समेत प्रभाव पर्ने देखिएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-30
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
