प्रधानमन्त्रीद्वारा आसन्न चीन भ्रमणबारे दलहरूसँग छलफल

काठामाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आसन्न चीन भ्रमणबारे संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू, परराष्ट्र मन्त्री, पूर्व परराष्ट्र मन्त्रीहरूसँग छलफल गरेका छन् ।

आज (आइतबार) बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनले छलफल गरेका छन् । प्रधानमन्त्री दाहालले आज साँझ परराष्ट्र विज्ञहरूसँग छलफल गर्ने कार्यक्रम तय भएको पनि सचिवालयले जनाएको छ ।

रातो चन्द्रसुर्य डेस्क

प्रकाशित: २४ भाद्र २०८०, आईतवार ११:३४