
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका नाममा देशलाई विभाजित गर्ने र विकासलाई अवरोध सृजना गर्ने कार्य स्वीकार्य नहुन बताएका छन् ।
बुधबार राष्ट्रिय सहिद दिवसका अवसरमा सिंहदरबार परिसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
हामीले लामो संघर्षबाट लोकतन्त्रको स्थापना गरेका छौँ । लोकतन्त्र भनेको अराजकता होइन । यो विकसित, सभ्य र सुशासनयुक्त प्रणाली हो’ उनले भने, ‘यदि व्यवस्थामा वा शासकहरूमा कुनै परिवर्तन गर्नु छ भने लोकतान्त्रिक बाटा र विधिबाट गर्न सकिन्छ तर लोकतन्त्रका नाममा देशलाई विभाजित गर्ने र विकासलाई अवरोध सृजना गर्ने कार्य स्वीकार्य हुन सक्दैछ ।’ देशको रक्षा, विकास र सुशासनका लागि आफू नेतृत्वको सरकार अगुवाइ गर्न तत्पर रहेको पनि उनले बताए ।
उनले राजनीतिक प्रणालीमा परिवर्तन भइसकेकाले अब तानाशाही शासन सत्ताको बचाउका लागि शान्तिपूर्ण आन्दोलनमा लागेकालाई हत्या गर्ने प्रकारको शृँखला अन्त्य भएको बताएका छन् । लोकतान्त्रिक प्रणाली र प्रक्रियाको रक्षाका लागि अहिले न्यायोचित कानुनबमोजिम समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा वर्तमान सरकार स्पष्टरुपमा अघि बढिरहेको बताए ।
राणा शासनको अन्त्यका लागि र विभिन्न कालखण्डमा लोकतन्त्रका लागि सङ्घर्ष गरेर बलिदान दिएका महान् सहिदहरूले देशका लागि दिएको योगदान महत्त्वपूर्ण रहेको बताउँदै उनले सहिदहरूकै बलिदान र प्रेरणाबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्ति भएको उल्लेख गरे ।
‘
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १६ माघ २०८१, बुधबार १७:२२
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
