काठमाडौँ , पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू हतारमा पार्टी एकता गर्ने पक्षमा नरहेको स्पष्ट सन्देश दिएका छन् । समाजवादी मोर्चाले मंगलबार काठमाडौँमा गरेको विचार सभालाई सम्बोधन गर्दै उनले अहिले एकता नभए मोर्चामा अभ्यास गरेर जानुपर्ने धारणा राखे । मोर्चाका संयोजक समेत रहेका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी एकता गर्न प्रचण्ड तयार नभएको आरोपको खण्डन गर्दै प्रचण्डले भने,‘पार्टी एकतामा प्रचण्डले अरुचि गर्यो कि भने जसरी कमरेडहरूले मप्रति ताक्ने गरेका छन् ।
त्यस्तो होइन, म तत्काल एकता गर्ने पक्षमा छु । तर हतारोमा एकता गर्दा असफल भएको विगतका अनुभव छन् । मोर्चा बनाएर नै विचारमा एकमत भएपछि एकता गर्दा दिगो हुन्छ । यसको मतलब कछुवाको गतिमा वर्षौ लगाउने भन्न खोजेको होइन ।’
‘समाजवादी मोर्चा जागरूक नहुने हो भने देश दुर्घटनामा जाने सम्भावना छ । मोर्चालाई यथास्थितिवादी र प्रतिगामीविरुद्ध एकताबद्ध भएर रणनीतिक केन्द्र बनाउने उद्देश्यसहित विकल्पको रूपमा उभ्याउनुपर्छ’, उनले भने, ‘सबैले मेहनत गरेमा मोर्चाबाट अलग भएका जसपा नेपालको दुवै घटकलाई पनि मोर्चामा ल्याउन सकिने सम्भावना छ ।’ यसैगरी माओवादीका कारण मोर्चाको गतिविधि सुस्त नभएको जिकिर गर्दै प्रचण्डले सबै पार्टीको आन्तरिक बैठक, राष्ट्रिय राजनीतिमा आएको फेरबदलका कारण ढिलासुस्ती भएको स्पष्ट पारे ।
अहिले एकताभन्दा पनि आ–आफ्ना पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्री माधव नेपाल, संयोजक नेत्रविक्रम चन्द विप्लव लगायतले मोर्चाको गतिविधि ६ महिनासम्म निष्क्रिय भएकोमा ब्यांग्य गरेका थिए । यस्तै कार्यक्रममा उनले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारले भ्रष्टाचारमा मुछिएका आफ्नालाई जोगाउने र विपक्षका राम्रालाई दुःख दिने काम गरेको आरोप लगाए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १५ माघ २०८१, मंगलवार २२:३२
२ लाखभन्दा बढी किशोरीले लगाए एचपीभी खोप
व्यवसायी वर्षा कुवरले जितिन‘ मिसेस व्यूटी क्वीन नेपाल सिजन ७ को ताज
‘मिसेस ब्युटी क्विन नेपाल २०२५’ को ताज वर्षा कुवरलाई
विदेशबाट पनि श्रम स्वीकृति
पाथीभरामा केवलकार निर्माण तत्कालका लागि स्थगित, ६ बुँदे सहमतिमा के छ ?
वर्ल्ड क्यान्सर डे : स्वास्थ्यमन्त्रीले भने- क्यान्सर रोकथाम र नियन्त्रणका लागि सरकार सजग छ