
काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई आज भक्तपुर जिल्ला अदालतमा पेस गरिने भएको छ । आपराधिक उपद्रवसम्बन्धी मुद्दामा अनुसन्धानका निम्ति म्याद थप गर्न उनलाई अदालतमा पेस गर्न लागिएको हो । सोमबार अभद्र व्यवहार मुद्दामा १० हजार रुपैयाँ धरौटीमा रिहा भएकी उनी हाल प्रहरी वृत्त जगातीको हिरासतमा छिन् । उनीविरुद्ध भक्तपुर प्रहरीमा पनि उजुरी रहेकाले काठमाडौंबाट छुटेलगत्तै जगाती लगिएको हो ।
सूर्यविनायक नगरपालिकाको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । भक्तपुरको साँगास्थित झोलुंगे पुलमा आशिकाले टिकट जलाएको, दररेटको पोस्टर च्यातेको, त्यहाँका कर्मचारीलाई दुव्र्यवहार गरेको भन्दै उनीविरुद्ध प्रहरीमा उजुरी परेको थियो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १५ माघ २०८१, मंगलवार १३:२०
११७ घरमा खानेपानीका धारा जडान

कीर्तिपुरलाई हराउँदै काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ISC delegates meet PM Oli to promote parliamentary cooperation

जीवन बीमा कम्पनीहरूको नाफामा वृद्धि

नेपाल स्टक एक्सचेञ्जमा दोहोरो अङ्कको गिरावट

महिला टी-२० विश्वकप छनोट स् हङकङ विरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै
