काठमाडौं (एजेन्सी) । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले न्याय विभागका १२ जना अधिकारीलाई बर्खास्त गरेको छ । बर्खास्तमा परेका उनीहरूले ट्रम्पविरुद्ध अनुसन्धान गरेका थिए । अमेरिकाका कार्यवाहक महान्यायाधिवक्ता जेम्स म्याकहेनरीले ती अधिकारीहरूलाई बर्खास्त गर्ने निर्णय गरेका हुन् ।
न्याय विभागका ती अधिकारीले आउँदा दिनमा राष्ट्रपति ट्रम्पको एजेन्डालाई इमान्दारीपूर्वक कार्यान्वयन गर्न नसक्ने भएकाले बर्खास्त गरेको कार्यवाहक महान्यायाधिवक्ता म्याकहेनरीले बताएका छन् ।
यसैबीच राष्ट्रपति ट्रम्पले थप तीनवटा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने सम्भावना छ । उनले सेनामा ट्रान्सजेन्डरको भर्ती, कोभिड भ्याक्सिन अस्वीकार गर्ने सिपाहीको पुनर्स्थापना तथा विविधता, समानता र समावेशी योजनासँग सम्बन्धित आदेशमा हस्ताक्षर गर्ने सम्भावना रहेको बीबीसीले उल्लेख गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-28
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
