
काठमाडौं (एजेन्सी) । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले न्याय विभागका १२ जना अधिकारीलाई बर्खास्त गरेको छ । बर्खास्तमा परेका उनीहरूले ट्रम्पविरुद्ध अनुसन्धान गरेका थिए । अमेरिकाका कार्यवाहक महान्यायाधिवक्ता जेम्स म्याकहेनरीले ती अधिकारीहरूलाई बर्खास्त गर्ने निर्णय गरेका हुन् ।
न्याय विभागका ती अधिकारीले आउँदा दिनमा राष्ट्रपति ट्रम्पको एजेन्डालाई इमान्दारीपूर्वक कार्यान्वयन गर्न नसक्ने भएकाले बर्खास्त गरेको कार्यवाहक महान्यायाधिवक्ता म्याकहेनरीले बताएका छन् ।
यसैबीच राष्ट्रपति ट्रम्पले थप तीनवटा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने सम्भावना छ । उनले सेनामा ट्रान्सजेन्डरको भर्ती, कोभिड भ्याक्सिन अस्वीकार गर्ने सिपाहीको पुनर्स्थापना तथा विविधता, समानता र समावेशी योजनासँग सम्बन्धित आदेशमा हस्ताक्षर गर्ने सम्भावना रहेको बीबीसीले उल्लेख गरेको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १५ माघ २०८१, मंगलवार १०:१४
११७ घरमा खानेपानीका धारा जडान

कीर्तिपुरलाई हराउँदै काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ISC delegates meet PM Oli to promote parliamentary cooperation

जीवन बीमा कम्पनीहरूको नाफामा वृद्धि

नेपाल स्टक एक्सचेञ्जमा दोहोरो अङ्कको गिरावट

महिला टी-२० विश्वकप छनोट स् हङकङ विरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै
