काठमाण्डौं । राष्ट्रियसभा बैठक अनिश्चतकालका लागि स्थगित भएको छ । भदौ २४ गते आइतवार बिहान ११ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको सूचनामा उल्लेख छ ।
अर्को बैठकको मिति र समय राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पछि निर्धारण गर्ने गरी अनिश्चितकालका लागि स्थगित भएको महासचिव गौतमले जानकारी दिए ।
सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार अहिले राष्ट्रिय सभामा एजेन्डा नै छैन । प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिमा अड्किएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) सम्बन्धी विधेयक आउन सक्ने अनुमान गरेर आइतवार राष्ट्रिय सभाको बैठक राखिएको थियो । तर ती विधेयक नआउने भएपछि बैठक अनिश्चितकालका लागि स्थगित गर्नुपरेको हो ।
पछिल्लो आठ महिनामा दुवै सदनबाट आर्थिक विधेयकबाहेक मिटरब्याजसम्बन्धी एउटा मात्र विधेयक पारित भएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-09-08
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
